सप्तरी – सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको काममाथि प्रभाव नपारेको बताए ।
संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको उनको आरोप छ ।संसदभित्र कहिल्यै पनि प्रतिपक्ष र कुनै पनि सांसदले अवरोध नगरेको उनले बताए ।संसद फेरी पनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै उनले यस सम्बन्धमा आफूले अध्ययन गरिरहेको बताए । उनले संसदले सरकारलाई जहिले पनि सहयोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए । प्रतिनिधिसभाले सरकारलाई कहिले पनि कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधि सभालाई अवराेध गर्न नहुने उनको तर्क छ ।