११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – दैलेखको नारायण नगरपालिका– ९ का दिनेश थापा गत मंसिर १३ गते कोहलपुरबाट सुर्खेत हुँदै दैलेख जाँदै थिए । आफ्नै नगरपालिकामा पोल्ट्रीफार्म सञ्चालन गर्दै आएका थापा कुखुरालाई आवश्यक पर्ने दाना किन्नका लागि नेपालगञ्ज गएर फर्किएका थिए ।

सुर्खेतमा खाजा खान मोटरसाइकल पार्किङमा राखेर नजिकैको खाजा पसलमा छिरे । तर फर्किँदा राखेको ठाउँमा मोटरसाइकल थिएन । कसैले अर्कै ठाउँमा लगेर राखिदिएको छ कि भनेर यताउता खोजे, तर भेटिएन ।भेटियोस् पनि कसरी ? मोटरसाइकल चोरी भैसकेको रहेछ । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए । निकै मन परेको पल्सर २२० मोटरसाइकल दुःख गरेर किनेका थिए ।उनी निराश भएर सार्वजनिक बस चढी दैलेख फर्किए ।उनले मोटरसाइकल भेटिने आशा मारिसकेका थिए । तर ३ दिनअघि फोनमा शुभ समाचार सुने ।‘आशा मारेको थिएँ । अर्को मोटरसाइकल किन्नका लागि पैसा जम्मा गर्दै थिएँ,’ थापाले लोकान्तरसँग भने, ‘३ दिनअगाडि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाबाट तपाईंको मोटरसाइकल हामीले भेट्टाएका छौं, लिन आउनुस् भनेर फोन आयो । मेरो मोटरसाइकल काठमाडौंमा भेटिएको छ भन्दा एकचोटी त पत्यार नै लागेन ।’

त्यसपछि उनी मोटरसाइकल लिन दैलेखबाट काठमाडौं आए ।
यता ट्राफिक प्रहरीले माघ ३ गते बेलुका कलंकीमा सवारी साधनहरूको बिलबूक तथा लाइसेन्स चेकजाँच गरिरहेको थियो । त्यही क्रममा लु ४५ प ४३२७ (नक्कली नम्बर प्लेट)को २२० सीसी पल्सर मोटरसाइकलमा एक जना आए ।ट्राफिक प्रहरीले लाइसेन्स र बिलबूक माग्यो, तर ती व्यक्तिले आफू कलंकी नजिकै बस्ने भएकाले बिलबूक र लाइसेन्स लिएर आउँछु भनेर मोटरसाइकल त्यहीँ छाडेर गए । तर, कहाँ आउनु ?२ दिनसम्म कोही नआएपछि प्रहरीलाई शंका लाग्यो
त्यसपछि प्रहरीले उक्त मोटरसाइकलको विवरण खोजी गर्‍यो । खोजीका क्रममा पत्ता लाग्यो उक्त मोटरसाइकलको वास्तविक नम्बर भे १० प १०३९ रहेछ । उक्त मोटरसाइकल हराएको भनी सुर्खेतमा उजुरी पनि परेको रहेछ ।
त्यसपछि हो प्रहरीले दिनेशलाई फोन गरेको ।चोर त उम्कियो, तर मोटरसाइकल काठमाडौं ल्याउन नपाउँदै प्रहरीको हात लाग्यो ।महाशाखामा पुस महिनामा मात्रै ६० वटा मोटरसाइकल हराएको उजुरी परेको थियो, त्यसमध्ये २९ वटा मोटरसाइकल फेला परेको छ ।

फेला परेकामध्ये २४ वटा मोटरसाइकल सोमवार वास्तविक धनीलाई बोलाएर जिम्मा लगाइएको छ ।मोटरसाइकल भरपर्दो पार्किङमा नराख्ने तथा पर्याप्त सुरक्षा सावधानी नअपनाउने गर्दा चोरी हुने गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।‘तपाईंहरूले लाखौं खर्चेर किनेको सवारी साधनमा सानो लक राख्दा चोरी हुनबाट जोगिन सक्छ,’ एसएसपी भट्टराईले भने ।महाशाखाले पीडित सहायता इकाइबाट सादा पोशाकमा खटाएको विशेष अप्रेशन टोलीले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकलहरू बरामद गरेको हो ।पुस महिनामा ५ जना चोरलाई पक्राउ गरेर कानूनको दायरामा ल्याइएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]