०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ११, २०७७

सप्तरी – बागलुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आइतबार बिहान १० बजे बाग्लुङ नगरपालिका वडा नं. ५ स्थित मालिकामा जीप दुर्घटना भएको हो ।

म्याग्दीको बेनी बजारबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१ज ६७४४ न.को जीप दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङले बताए ।दुर्घटनामा बेनी नगरपालिका वडा नं. २ गौस्वराकी वर्ष ३० की टिकाकुमारी रिजाल, ५५ की गंगा रिजाल, वर्ष ४० की कमला कुमारी रिजाल, वर्ष १६ की कुशुम रिजाल, बर्ष ४४ की भवानी खत्री खड्का रहेका छन् ।

उनीहरुको धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]