राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले गजेन्द्र नारायण सिंहले मधेशी राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभएको छ ।
तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथिको अवसरमा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा नेता महतोले मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्कृत वर्ग लगायतको अधिकार र पहिचानका लागि ज्यानको बाजी लगाउने मधेसी नेता गजेन्द्र बाबु नै रहेको उहाँले बताउनुभयो ।मधेशी र पिछडिएका समुदायका अधिकारका लागि स्व. सिंहले पु¥याएको योगदान अविस्मरणीय रहेको उहाँले उल्लेख गर्नुयो । साथै मधेशका प्रणेता समेत भनिने स्व. सिंहको पुण्यतिथिको अवसरमा शालिकमा माल्यार्पण गर्दै उनका सहर्मीहरुलाई सम्मान तथा मञ्चीय कार्यक्रम गरेर उनको राजनीतिक योगदानको सम्झना गर्दै १९ औं पुण्यतिथी मनाइएको उहाँले बताउनुभयो ।यस्तै जिल्ला समन्वय समिति सप्तरीको परिसर भित्र नवनिर्मित गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको समेत आजै एक समहारोका बिच उद्घाटन समेत गरिएको छ। उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका बरिष्ठ नेता महतोले नै उद्धघाटन गर्नुभयो । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि दिवस आज मधेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको जसपा नेता गजेन्द्र मंडलले जानकारी दिनुभयो ।यस्तै गजेन्द्र नारायण सिंहको १९ औ पुण्य तिथिको अवसरमा सप्तरीको तिलाठी कोईलाडी गाउपालिकामा आज आयोजना गरिएको गजेन्द्र नारायण स्मृति टि २० क्रिकेट प्रतियोगिताको एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।
आयोजित कार्यक्रममा गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले खेल संचालनका लागि ब्याट, बल, ड्रेस प्रदान गर्नुभयो ।प्रतियोगिताका लागि तिलाठी कोईलाडी गाउपालिकाले गाउस्तरमा क्रिकेट खेलाडी उत्पादन सँगै खेलकुदको बिकासका लागि वडा स्तरिय प्रतियोगिता गर्न लागेको गाउपालिका अध्यक्ष सिंहले बताउनुभयो सो अवसरमा गाउपालिका उपाध्यक्ष सुचिता कुमारी यादबले खेलाडीको उत्पादन तथा खेलकुद बिकासको लागी शिक्षा र खेलकुद सँगै सँगै बढाउनु पर्नेमा जोड दिनुभयो ।तिलाठी गाउपालिका वडा ७ का वडा अध्यक्ष गुलाव सिँहको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, वडा ३ अध्यक्ष मनोज चौधरी ,सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, निरज सिँह लगायतले शुभकामना ब्यक्त गरेका थिए । तेस्रो सिजन अन्तर्गत माघ १४ गते देखि उक्त प्रतियोगिता संचालन हुँदैछ ।
मधेशका मसिहाका नामले चिनिएका स्व. गजेन्द्रनरायण सिंह उर्फ गज्जु बाबुको योगदान मधेश र मधेशीलाई चिनाउन उतिकै विश्व सामु परिचित छ ।
सन १९२९ मा सप्तरी जिल्लाको तिलाठी कोइलाडीमा पिता केसी सिंह र माता राधादेवी सिंहको कोख्बाट स्वर्ग गजेन्द्र नारायण सिँह जन्मेका थिए ।