सप्तरी – जनयुद्धको बेला शक्तिशाली मानिने अनिस-कल्याण बिग्रेडका कमाण्डर तथा पुर्व जनमुक्ति सेनाका अध्यक्ष टुकबहादुर थापा र बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
उनीहरूसँगै पूर्वमाओवादी पोलिट्ब्यूरो सदस्य लिलाबहादुर थापा पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। उनीहरुलाई शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलगायतका नेताले स्वागत गरेका छन् ।