११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – आफ्नै प्रेमिकाको हत्या गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५, (साबिक चाँगे गाविस–१) बस्ने वर्ष २६ का पवन आङबुहाङ भनिने कुमुकहाङ लिम्बू आङबुहाङलाई पाँचथर प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई बिशेष सूचनाको आधारमा प्रहरी सहायक निरिक्षक रघुनाथ राजवंशीको टोलीले काठमाडौंको गोकणेश्वर नगरपालिका मुलपानीबाट लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका आङबुहाङमाथि १० असोज २०६७ मा आफ्नै प्रेमिका, पाँचथरको फिदिम नगरपालिका–६, सिवा बस्ने २४ वर्षीया सुष्मा तुम्रोकको गोली हानी हत्या गरेको आरोप छ ।प्रहरीका अनुसार उनले सदरमुकाम फिदिमस्थित तुम्रोक होटल एण्ड लजको दोस्रो तलाको कोठामा सँगै बसेकी सुष्मालाई बिहान आठ बजे छातीको बाँया भागमा गोली प्रहार गरेका थिए । त्यतिबेला उनी १७ वर्षका थिए । गोली लागेको सुष्माको तत्काल मृत्यु भएको थियो । प्रेमीकामाथि गोली प्रहार गरेपछि आङबुहाङ फरार भएका थिए ।
लामो समयपछि पक्राउ परेका आङबुहाङलाई शुक्रबार साँझ पाँचथर ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । निजमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरी निरिक्षक विश्वकर्माले बताए । घटनाको कारण प्रेम सम्बन्ध भए पनि हत्यासम्मै पुग्नुको रहस्य भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]