सप्तरी – पक्राउ गरेका कार्यकर्ताहरु रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले आह्वान गरेको नेपाल बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ ।
बिहानैदेखि लामो तथा छोटो दूरीका यातायात लगायत बजार बन्द हुँदा जनजीवन प्रभावित भएको छ । बन्दका कारण बर्दियाको गुलरिया, राजापुर, मधुवन, बाँसगढी, बारबर्दिया, गेरुवा र बढैयातालका बजार बन्द छन् ।फाट्टफुट्ट केही मोटरसाइकल चले पनि सावारी साधन लगायत बजार बन्द छन् । एम्वुलेन्स, प्रेस, दुध लगायत अत्यावस्यक सेवाका सवारी साधनहरुलाई कुनै रोकतोक गरिएको छैन । शान्ति सुरक्षालाई मध्यनजर गर्दै बन्दका बेला सुरक्षा व्यवस्था कडा पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यातायातका सवारी साधनहरु संचालन नभइ बजार बन्द रहँदा दैनिकी कष्टकर बनेको हो । ललितपुरबाट पक्राउ परेका केन्द्रीय कमिटी सचिवालयका कञ्चन, व्युरो सदस्यहरु विवेक र विशालको रिहाइको माग गर्दै शनिबार नेपाल बन्दको आह्वान गरिएको नेकपा महासचिव विप्लवद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ ।