०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – दाङको राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवामा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति आफ्नै घरमा विभत्स हत्या भएको हो । चौधरीको शव माघ ८ गते बिहीवार बिहानै घरदेखि ६ सय मिटर टाढा रहेको कुलोमा फेला परेको थियो ।

मोतिरामको हत्या आरोपमा उनका ठूलाबुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी र गाउँकै ३३ वर्षीय मोतिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीको हत्या लाठी र चिर्पटले प्रहार गरी भएको खुलेको छ । पक्राउ परेका तीनै जनाले आफ्नो अपराध प्रहरी सामू स्वीकारिसकेका छन् ।हत्याको कारण भने पुरानो रिसिबी रहेको उनीहरुले बताएका छन् । केही महिनाअघि मोतिराम र मोतिलालका बीचमा सामान्य झगडा पर्दा उनीहरुले एकअर्काविरुद्ध मुद्दा समेत दायर गरेका थिए ।

त्यस्तै घटना भएकै राति मोतिलालको छोरीको बिहेमा पुगेर माहोल बिगार्न खोजेपछि मोतिरामलाई समारोहबाट लखेटिएको थियो ।
घरमा एक्लै बस्ने अविवाहित मोतीरामलाई पछि सुतेका वेला घरमा पुगेर उनका ठूलाबुवा र काकाका छोरासहित मोतीलाले कुटपिट गरेका थिए । सोही कुटपिटबाट उनको ज्यान गएको प्रहरी बताउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]