०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ । मोतिरामको हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार ती तीन जनाले मोतिरामलाई घरभित्रै घुसेर विभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा शव माघ ८ गते बिहान फेला परेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यराततिर घटेको जानकारी दिए ।‘मोतिलालसहित तीन काका भतिज मिलेर सुतेका मोतिरामलाई घर भित्रै घुसेर निकाली लाठी र दाउराको चिर्पटले प्रहार गरि मकैबारीमा हत्या गरेपछि राति नै घिसार्दै लगेर कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी चन्दले भने ‘ पक्राउ परेका तीनै जनाले घटना आफूहरुले नै घटाएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।’हत्या गरिएका मोतिराम आफ्नो सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । उनले हालसम्म बिबाह गरेका थिएनन् भने उनकी आमा उनी नाबालक छँदा नै बितेको र बाबुपनि बेपत्ता भएका थिए । मोतिराम सानैदेखि माउली घरमा बसेर हुर्केको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।एसपी चन्दका अनुसार हत्या भएकै दिन माघ ७ गते बेलुकी पख मोतिराम छिमेकी मोतिलालको छोरीको बिहे भएको हुँदा त्यही पुगेका थिए । जहाँ मोतिरामले बिजुली बत्तिको बल्ब निभाइदिने वा फोर्ने जस्ता काम गरेका थिए ।

बिहे घर अन्धकार बनाउन खोजेपछि किन त्यसो गरेको भनेर मोतिलाल लगाएका मानिसहरुले उनलाई सामान्ने धक्कापक्का गर्दै लखेटेका थिए । त्यसपछि मोतिराम भाग्दै गएर आफ्नो घरमा सुतेका थिए ।उनी सुतिसकेपछि तीन जना काका भतिज मिलेर मोतिराको घरमै पुगी उनको बिभत्स ह’त्या गरेको प्रहरीले बताएको छ त्यसअघि झन्डै ६ महिना अगाडि मोतिराम र मोतिलालका बीचमा सामान्ने झैंझगा समेत भएको थियो । त्यतिबेला उनीहरुले एक अर्का विरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा समेत दायर गरेको अनुसन्धानमा देखिएको छ ।त्यही पुरानो रिसीबिका कारण मोतिराम मोतिलालको बीचमा बोलचाल थिएन । सोही पुरानो रिसिबीलाई नै ह’त्याको प्रमुख कारण जस्तो देखिन आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जना घटना लगतै फरार रहेका थिए । तर उनीहरु सबै फेरि माघ ८ गते मध्यरातमा घरमा आएको खवर पाएलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।पक्राउ परेका तीनै जना विरुद्ध ज्यान मार्ने मुद्धामा दाङ देउखुरी जिल्ला अदालतबाट थप अनुसन्धानका लागि शुक्रवार १० दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]