१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि अनुरोध गरिएको छ ।

‘प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा हामी जोड दिन चाहन्छौं’, अभियानले भनेको छ । अभियानका अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास हुनेछ ।

दिउँसो २ बजेदेखि हुने मार्चपासका क्रममा कलात्मक प्रस्तुति समेत रहने बताइएको छ । ‘प्रतिगमनविरुद्ध प्रतिरोध’का क्रममा अभियानले यसअघि माइतिघर मण्डलाका प्रदर्शनहरुपछि प्रज्ञा डबलीमा नागरिक सभासमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]