११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई जंगलतर्फ लगेको आशंकामा खोजी सुरु गरिएको छ ।अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोदेखी उत्तरतर्फ रहेको सडक छेउको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा खोजी सुरु गरिएको हो।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो। ‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ’ ईलाका प्रहरी कार्यलय सिमराका डीएसपी दीपक श्रेष्ठले भने ‘हामीले पनि वरपरको क्षेत्रमा खोज्यौ तर पुरुषको अवस्था फेला पार्न सकिएन् ।
सडक नजिकैको जंगलमा नभेटिएपछि निकुञ्जको चार वटा हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। निकुञ्जका रेन्जर दीपक तिवारीको नेतृत्वमा हात्ती लिएर खोज्न थालिएको हो।

बेपत्ता भएका पुरुषको पहिचान भने हुन सकेको छैन्। स्थानियका अनुसार ति पुरुष गाडीमा स्टिकर टाँस्ने काम गर्ने गरेका थिए। डीएसपी श्रेष्ठले भने महिलाले दिएको जानकारी अनुसार प्रहरीले खोजी सुरु गरिसकेको जानकारी दिए। केही समयअघि सोही सडकखण्डमा कारको ठक्करबाट बाघको मृत्यु भएको थियो। पछिल्लो समय उक्त सडकखण्ड नजिकको जंगलमा बाघको चहलपहल बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]