
सप्तरी – सत्याग्रही एवम् सुधार अभियन्ता डा. गोविन्द केसीको नेतृत्वमा आज (शनिबार) मध्याह्न १२ बजे माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ।
प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न प्रदर्शन गर्न लागिएको केसी निकटहरूले जानकारी दिएका छन्।चिकित्सा क्षेत्रको सुधार निम्ति पटक-पटक सत्याग्रहमा बसेका डा. केसी पछिल्लो समय राजनीतिक उद्देश्यका अभियानमा पनि सहभागी हुन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि उनी इतरका पक्ष यतिखेर आन्दोलनमा छ।