सप्तरी – काँगेसले प्रदेश सरकारमा आफूलाई मुख्यमन्त्री दिने नेकपाका समूहसँग सहकार्य गर्ने रणनीति लिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दाहाल नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुबै प्रदेशमा सरकार गठन गर्न काँग्रेसको समर्थन अनिवार्य देखिएको समाचारमा उल्लेख गरिएको छ ।