१० कार्तिक २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव

सोमबार, आश्विन १९, २०७७

सप्तरी, १९ असोज:सप्तरीमा पछिल्लोपटक एक जना गाउपालिकाका अध्यक्ष सहित थप १० जनामा काेराेना सन्क्रमित पुष्टि भएकाे छ।
पछिल्लोपटक सप्तरीको राजगढ गाउँपालिका अध्यक्षसहित उनका परिवारका ४ जनामा कोरोना संक्रमण देखिएको थियो। परिवारसँगै गाउँपालिकाको कृषि शाखाका संयोजक र अध्यक्षका चालक समेत संक्रमित भएका थिए ।
दुई दिनअघि १६ जनाको स्वाब परीक्षण गराएकोमा आफूसहित जेठा छोरा, २ नाती संक्रमित भएको गाउँपालिका अध्यक्षले जानकारी दिए । संक्रमित हुनेमा राजगढ गाउँपालिका– ३ का ६५, ४०, १५ र ८ वर्षीय छन । यसैगरी कृषि शाखाका संयोजक राजविराज नगरपालिका–७ का ५७ वर्षीय र ट्रयाक्टर चालक राजगढ गाउँपालिका–३ का ४० वर्षीय रहेका छन् ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिकाका अध्यक्षसहित सप्तरीका १० जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार अन्य संक्रमित हुनेमा सपनाको राजविराज नगरपालिका–६ का ४४ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ३२ वर्षीय, महादेवा गाउँपालिका–४ का २८ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–७ का १६ वर्षीया महिला संक्रमित भएका हुन।
यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार ३१७ पुगेको छ । जसमा २ महिलासहित १८ जनाको मृत्यु भैसकेको छ । सप्तरीमा हालसम्म १ हजार ६२ जना संक्रमित निको भएर सामान्य जीवनमा फर्किसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल राजविराजस्थित आइसोलेसन केन्द्रमा ३६ जना, कञ्चनरुप नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकास्थित आइसोलेसन केन्द्रमा ३र३ जना संक्रमित रहेको यादवले बताए। सप्तरीको राजविराजस्थित सप्तरी कारागारमा ६ जना र नेपाली सेनाको राजविराजस्थित भिम दल गणमा १४ जना संक्रमित आइसोलेटेड भएर बसेका छन् । पछिल्लो परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपीसहित सम्पूर्ण प्रहरीहरु निसंक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यता काेराेनाबाट सप्तरीमा हालसम्ममा २ महिला सहित १८ जनाकाे मृत्यु समेत भइसकेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]