२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आगामी हप्ता लाग्ने भएको छ ।

संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पुगको सो प्रस्तावको निर्णय प्रक्रिया आगामी हप्ता टुंगो लाग्ने बीबीसीले जनाएको छ ।

केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि उहाँविरुद्ध महाअयभियोगको प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको हो ।

संसदको तल्लो सदनले महाअभियोग लगाउने प्रस्ताव पारित गरेर माथिल्लो सदनमा पेश भएको छ । चुनावी परिणामलाई लिएर हिंसा मच्चाएको भन्दै ट्रम्पविरुद्ध आफ्नै दलका सांसदहरुले समेत महाअभियोग लगाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रपति ट्रम्पको कार्यकाल सकिएपनि माथिल्लो सदनमा प्रस्तावको टुंगो लगाउने छ । संसदको माथिल्लो सदनले तल्लो सदनबाट आएको प्रस्तावलाई सदर गरे राष्ट्रपति ट्रम्पले आगामी कार्यकालका लागि निर्वाचनमा सहभागी हुन पाउनुहुने छैन ।

अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने बहालवाला राष्ट्रपति ट्रम्प मात्र हुनुहुन्छ । यसअघि पनि ट्रम्पविरुद्ध संसदको तल्लो सदनले पास गरेको महाअभियोगको प्रस्ताव माथिल्लो सदनले रोकेसँगै प्रक्रिया पूरा हुन पाएको थिएन ।

राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको सो दंगामा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]