१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – केही दिन उल्लेखनीय माैसमी प्रणाली नभएकामा शुक्रबार साँझबाट पश्चिमी वायुकाे सामान्य प्रभाव सुरु भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले शनिबार बिहान ६ बजे जनाएअनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा माैसम आंशिकदेखि सामान्यसम्म बदली भएकाे छ भने तराईमा हुसु/कुहिरो लागेको छ। यसबाहेक बाँकी स्थानमा भने मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएकाे छ।

माैसमविद्का अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ :

दिउँसो : सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

माघ ११ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूर पश्चिम र प्रदेश न. १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १२ गते (सोमबार)

दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका प्रदेश न. १ प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श

देशको उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]