०४ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०९, २०७७

सप्तरी – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्तीको टोलीले मुखियाको परिवारलाई घरमै पुगेर राहत स्वस्वरुप रु ५० हजारको चेक प्रदान गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदी र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संयुक्त रुपमा राहत रकम प्रदान गरेका हुन् । राहत प्रदान गर्दै रेन्जर सुवेदीले मृतकका परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले राहत रकम प्रदान गरिएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जेडएसएल नेपालको संयुक्त कोषको ब्याजबाट प्राप्त हुने रकम वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिने गरिएको सुवेदीले जानकारी दिए । पीडित परिवारले उक्त रकमबाट सानै भए पनि आयआर्जन गरेर जीविकोपार्जन गर्न सकुन् भनेर राहत रकम प्रदान गरिएको सुवेदीको भनाइ छ ।

गैँडाको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई निकुञ्जले रु १० लाख प्रदान गर्ने वन्यजन्तुसम्बन्धि राहत निर्देशिकामा उल्लेख गरिएको छ । सोही व्यवस्थाअनुसार निकुञ्जले मृतकका परिवारको खातामा रकम पठाउने प्रक्रिया शुरु गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्रबहादुर अधिकारीले बताए ।

निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निस्किएको गैँडाको आक्रमणमा परी गत कात्तिक १६ गते मुखिया घाइते हुनुभएको थियो । घाइते मुखियाको उपचारका क्रममा चितवनको अस्पतालमा मृत्य भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]