१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०९, २०७७

सप्तरी – जो बाइडनले अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै ठूला प्रविधि कम्पनीहरुले खुसी व्यक्त गरिरहेका छन् । एप्पल, गुगल लगायतका कम्पनीका सिइओहरुले बाइडनलाई बधाई दिइसकेका छन् । बाइडनले पदभार ग्रहणसँगै गरेका विभिन्न घोषणाहरुलाई धेरैले स्वागत गरेका छन् ।

जलवायु परिवर्तन तथा आप्रवासी सम्बन्धी ट्रम्प प्रशासनका निर्णयहरु उल्टाउने गरी बाइडनले गरेका निर्णयलाई प्रविधि जगतका अग्रणी व्यक्तित्वहरु खुसी छन् । तर यस विषयमा फेसबुक सिइओ मार्क जुकरबर्ग लगायतका विभिन्न व्यक्तित्वहरु भने मौन छन् ।

माइक्रोसफ्ट सिइओ मार्क जुकरबर्गले आफू कोभिड–१९ तथा जलवायु परिवर्तन लगायतका विषयमा बाइडन र उपराष्ट्रपति कमला ह्यारिससँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

स्मरण रहोस् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौताबाट हात झिक्ने तथा विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । साथै उनले आप्रवासन सम्बन्धी नियममा परिवर्तन गर्दै विभिन्न मुस्लिम बाहुल्य मुलुकहरुमा भ्रमण प्रतिबन्ध लगाएका थिए ।

प्रविधि जगतका सबैजसो प्रमुखहरु तथा कम्पनीहरुले आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै उनका नयाँ घोषणहरुको स्वागत गरिरहँदा टेस्ला कम्पनीका सिइओ एलन मस्क र फेसबुक सिइओ मार्क जुकरबर्गले चाहिँ कुनै सार्वजनिक वक्तव्य जारी गरेका छैनन्

गुगलका सिइओ सुन्दर पिचाईले समेत कोरोना भाइरस महामारीमा राहत तथा जलवायु सम्झौतामा पुनः आबद्ध हुने लगायतका बाइडनका निर्णयको सह्राना गरेका छन् । यी महत्वपूर्ण विषयमा सहयोग गर्न गुगल तयार रहेको उनको भनाइ छ ।

त्यस्तै एप्पल सिइओ टिम कुकले पनि बाइडन र ह्यारिसलाई बधाई दिँदै जलवायु परिवर्तन, आप्रवासन तथा कोभिड–१९ का विषयमा लिएको निर्णयको स्वागत गरेका छन् । उनले विशेष गरी आप्रवासन नीतिलाई लचिलो बनाउने बाइडनको निर्णयप्रति कुकले खुलेर प्रशंसा गरेका छन् ।

त्यस्तै नेटफ्लिक्सका सह–प्रमुख कार्यकारी अधिकृत रीड हास्टिङले चाहिँ शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आनाकानी गरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यंग्य गरेका छन् । स्मरण रहोस् यो पटकको चुनावमा डेमोक्रेटिक पार्टीलाई धेरै चन्दा दिनेमध्ये एक हुन् हास्टिङ ।

यद्यपि अमेजन कम्पनीका सिइओ जेफ बेजोसले अहिलेसम्म बाइडनेलाई सार्वज्निक रुपमा बधाई दिएका छैनन् । तथापि उनको अमेजन कम्पनीले कोरोना भ्याक्सिन उत्पादन तथा बजारमा ल्याउनका लागि सहयोग गर्ने घोषणा गरिसकेको छ ।

अमेजन कम्पनीका कन्जुमर बिजनेस विभागका प्रमुख डेभ क्लार्कले बाइडनलाई बुधबार एक पत्र लेख्दै अमेरिकी सरकारको कोरोना खोप अभियानमा हर तरहले सहयोग गर्न अमेजन तयार रहेको बताएका छन् ।

उता ट्वीटर सिइओ ज्याक डोर्सीले व्यक्तिगत रुपमा बाइडनलाई बधाई नदिएका भएपनि ट्वीटर स्वयंले चाहिँ बाइडनको आप्रवासन सम्बन्धी नयाँ नियमको स्वागत गरेको छ ।

प्रविधि जगतका सबैजसो प्रमुखहरु तथा कम्पनीहरुले आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै उनका नयाँ घोषणहरुको स्वागत गरिरहँदा टेस्ला कम्पनीका सिइओ एलन मस्क र फेसबुक सिइओ मार्क जुकरबर्गले चाहिँ कुनै सार्वजनिक वक्तव्य जारी गरेका छैनन् ।

पेरिस जलवायु सम्झौताबाट ट्रम्प प्रशासनले हात झिक्ने निर्णय गरेसँगै त्यसको विरोधमा ह्वाइट हाउसको सल्लाहकार काउन्सिलबाट राजिनामा दिएका मस्कले पेरिस सम्झौतामा पुनः जोडिने बाइडनको निर्णयको स्वागत नगर्नुलाई अनौठो मानिएको छ ।

रोचक त के भने फेसबुक सिइओले नयाँ अमेरिकी राष्ट्रपतिलाई बधाई नदिइरहेको बेला फेसबुककी सिओओ शेरिल स्याण्डबर्गले चाहिँ नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेको भन्दै भावुक शव्दहरुमा बधाई दिएकी छिन् । तर उनले राष्ट्रपति बाइडनलाई भने बधाई दिएकी छैनिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]