सप्तरी – फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरि देशव्यापी रुपमा कर्फ्यू लगाइएको छ ।
सरकारकी प्रवक्ता गेब्रिएल अट्टलले पहिले गरिएको कर्फ्यूले नै देशमा कोरोना संक्रमित कम भएकोले अहिले पनि त्यहि नियमको पालना गरेको बताइन् ।
फ्रान्समा अहिलेसम्म कोराना भाइरसका कारण ७१ हजार ९९८ जनाको मृत्यु भएको छ भने २९ लाख ८७ हजार ९६५ जनालाई कोरोना संक्रमण भएको छ ।