२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०९, २०७७

सप्तरी – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् । सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे ।

उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर पनि गरे । ‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुन:स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’

कम्युनिस्ट पार्टीहरूमा अहिले स्वार्थको लडाइ मात्र भएको दाबी गर्दै उनले भने, ‘बेइमानहरूको कुनै ठेगान छैन, कुन बेला फेरि प्रतिगमन सच्चियो भनेर गठजोर गर्दै कुर्सीमा बस्न पनि बेर लगाउँदैनन् ।’ प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिटलरशाही’ देखाएको महतोले आरोप लगाए ।

नेपालमा कम्युनिस्ट र कांग्रेस असफल भएको दाबी गर्दै उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]