०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०९, २०७७

राजविराज – गएराती सप्तरीको कंचनरूप नगरपालिका वडा नं. ११ ठेलीया टोलको नहरमा एक्कासी ट्याक्टर पलटेर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन ।

भित्री सडक खण्डमा पर्ने दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश नं.०२ –०१००१ त ००३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रत भई पल्टीदा सो ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो । प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहका अनुसार ट्याक्टरमा सवार सप्तरीको कंचनरुप नगरपालिका ११ बस्ने १८ बर्षीय राम असिष रामको घट्नास्थलमा नै मृत्यु भएको छ ।

मृतक शवलाई परिक्षणका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाउने तेयारी गरिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही दुर्घटनामा परि ट्याक्टरमा सवार स्थानिय १६ बर्षीय कृष्ण साह, १७ बर्षीय बिशाल राम, १७ बर्षीय सुनिल कुमार रामको खुटा पेट र टाउँकोमा चोट लागेर घाइते भएको इलाका प्रहरी कायलय कंचनपुरले जनाएको छ ।

यस्तै जिल्लाको अग्निसाईर कृष्णसावरण गाउपालिका वडा नं.२ मटिगढा बस्ने २१ बर्षीय मदन साहको पनि टाउँकोमा चोट लागेर उनी घाइते हुनुभएको छ ।
यता घाइते उनी सबै जनाको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भनाई गरिएको जिल्ला प्रहरी कायर्यलायले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]