३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी – नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपि ओलिको समर्थनमा बिहिवार निकालिएको मोटरसाइकल र्‍यालीलाई बिरोध गर्दै सप्तरीको रुपनीमा ज स पा का कार्यकर्ताहरुले कालो झण्डा देखाएका छ्न । सप्तरी कन्चनरुप नगरपालिकाबाट नेकपा पार्टीका युवा ईञ्चार्र्ज महेश बस्नेतको नेतृत्वमा सदरमुकाम राजबिराज सम्मका लागि निकालिएको र्‍याली रुपनी चौकमा पुग्नसाथ युवाहरूले कालोझण्डा देखाएका हुन । केपि ओलि मुर्दाबाद, गुण्डा नाईके महेश बस्नेत मुर्दाबाद, प्रतिगामी कदम खारेज गर, प्रतिनिधि सभा पुनर्स्थापना गर सहितका नाराबाजी गर्दै युवाहरूले नेता महेश बस्नेतलाई कालोझण्डा देखाएका थिए । कालो झण्डा देखाउने क्रममा प्रहरीले रोक्न खोजेपछि प्रहरी र पार्टीका युवाहरू बिच घम्साघम्सी समेत भएको थियोे । कालोझण्डा देखाउन रोक्ने क्रममा युवाहरू धिरेन्द्र चौधरी,अशोक यादव, सरोज कार्की, नारद परियार, दिपक ओझा, उमेश भगत, मुन्ना साह सुडि, प्रमोद कोईराला, देवसुन्दर यादव छोटु, रुदल साह, श्याम यादव लगायतका युवाहरू माथी प्रहरीले सामान्य बल प्रयोग गरि हटाउने प्रयास गरेका थिए । प्रहरी अबरोधका बावजुत युवाहरूले करिव २० मिनेट सडकमा उभिएर कालोझण्डा देखाउदै प्रधानमन्त्री ओलि विरुद्ध चर्का नारा लगाएका थिए । सयौंको सङ्ख्यामा रहेको मोटरसाइकल र्‍याली रुपनी हुँदै राजबिराज तर्फ गएका थिए ।




तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]