१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी – बुधबार अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपति पाएको छ । जो बाइडेनको सपथ ग्रहण समारोहमा थुप्रै हस्तीको उपस्थिती रह्यो र आफ्नो प्रस्तुतीले सबैको मन जित्न सफल पनि भए ।

यो सूचीमा पप स्टार लेडी गागाको नाम आउनु स्वभाविक छ । गायिकाले आफ्नो भिन्न शैलीमा प्रस्तुती दिइन् र सधैं झैं उनी चर्चामा आउने सिलसिला जारी रह्यो । लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् । उनले बुलन्द आवाजमा जब अमेरिकाका राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्रै हेरिरहे । हुन त सपथ समारोहमा लेडी गागाको लुकको पनि निकै चर्चा रह्यो । गायिकाको पहिरनको पनि धेरैले चर्चा गरे ।

गायिकाले आफ्नो पहिरनमा परेवाको ब्याच पनि लगाएकी थिइन् । लेडी गागाले यसलाई शान्तिको प्रतिकको रुपमा यसलाई लगाएकी थिइन् । उनले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘जैतुनको हाँगासहित एउटा परेवा ।’गायिकाको हेयरस्टाइलले पनि धेरैको ध्यान खिचेको थियो । उनले आफ्नो कपालमा कालो रङको रिबन लगाएकी थिइन् । यस्तै गागाको रातो रङको लिपस्टिकले पनि उनको सुन्दरतालाई बढाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]