सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटमार्फट उनले बाइडेनलाई शुभकामना तथा बधाई दिएका हुन् ।
बाइडेनले गएराति अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले उनलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । शुभकामना तथा बधाई सन्देशमा ओलीले दुई देशबीचको पारम्पारिक सम्बन्ध बाइडेनको कार्यकालमा न्यानो र मैत्रीपूर्ण रुपमा अघि बढाउन चाहेको उल्लेख गरेका छन् ।