२६ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – एनसेलको सिमकार्डका ग्राहकले आफूसँग भएको थ्रीजी सिमलाई  फोरजीमा अपग्रेड गर्दा बोनस सुविधा पाउने भएका छन्। एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गतको ल्याएको यो अफरमा सिमकार्डलाई फोरजीमा अपग्रेड गर्दा दुई जीबी डेटा बोनस पाइने जानकारी दिएको छ। यो अफर ६ माघदेखि सुरु भएको  पनि एनसेल आजियाटाले जानकारी दिएको छ।

फोरजीमा सिमकार्डलाई अपग्रेड गरेपछि द्रुत गतिको मोबाइल ब्रोडब्याण्ड चल्ने छ। उक्त डेटाबाट विभिन्न अनलाइन गतिविधि गर्न, गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिने एनसेलले जानकारी दिएको छ।सिम अपग्रेड गर्न एनसेल ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत निःशुल्क सेवा लिन सक्नेछन्। सिमकार्ड अपग्रेड गर्दा पाएको यस्तो बोनस डाटा भने सात दिनभित्रै प्रयोग गरिसक्नु पर्ने पनि एनसेलले जानकारी दिएको छ।

एनसेलका ग्राहकले ग्राहकले प्रयोग गरेको सिम कार्ड कुन हो भनेर परीक्षण गर्न *३२४ # डायल गर्ने वा अंग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखेर ३२४ मा एसएमएस पठाउनुपर्ने छ। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]