०४ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधिनक कदमको विरोधमा ललितपुरमा प्रदर्शन गरेको छ। सरकारको असंवैधानिक कदमविरूद्ध आज माघ ७ गते देशको सबै जिल्लाहरूमा भैरहेको दोस्रो चरणको अन्तिम दिन ललितपुरमा पनि विरोध प्रदर्शन र विरोध सभा गरेको हो।

यसअघि जसपाले पुस २५, २७ , २९ र माघको ३ गते गरी मुलुकको प्रमुख १६ स्थानमा विरोध सभा आयोजना गरेको थियो। ललितपुरको लगनखेल बसपार्कमा आयोजित विरोध सभामा जसपा नेता केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरूद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पार्ने चेतावनी दिए।

‘लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ। तर न्यायमूर्ति ज्युहरू जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ। उहाँहरूले जुन आशयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ त्यसले आम जनमानसमा शंका उब्जिन थालेको छ,’उनले भने,’हाम्रो विश्वास के हो भन्ने उहाँहरूले आफ्नो मानसम्मान र प्रतिष्ठानमाथि आँच आउने कुनै फैसला गर्नु हुन्न।’प्रधानमन्त्रीले जनताको सार्वभौम अधिकार हनन् गरेको भन्दै उनले जनतासँग ढिला नगरी माफी माग्न आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]