जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको प्रकरणमा प्रहरीले उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई पक्राउ गरेको छ । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् ।
धनगढी जान लागेका बेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।कार्यालयमा वहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।