सप्तरी – रुकुम पश्चिमको राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।जिल्ला प्रशासन कार्यलयले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका छन् ।
पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।निषेधित क्षेत्रभित्र नगर्नु भनिएका गतिविधि गरेको पाइएमा कानुन अनुसार कारबाही हुने प्रसासनले जनाएको छ ।निषेधित किल्लामा एम्बुलेन्स, खाद्यान्न बोकेका गाडीबाहेक कुनै पनि सार्वजनिक सवारी तथा मोटरसाइकल नचलाउन भनिएको छ ।मंगलबार राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको छ ।