०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – टिपरको ठक्करबाट झापामा एक जना पैदलयात्रीको ज्यान गएको छ । मेचीनगर–१३ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा मंगलबार साँझ टिपरले ठक्कर दिँदा पैदल यात्री स्थानीय १८ वर्षीया किशोरी अंशु शिवाकोटीको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपरको ठक्करले पैदल यात्रीहरु स्थानीय १८ वर्षका राहुल बस्नेत र अंशु शिवाकोटी घाइते भएका थिए । बस्नेतको हात र खुट्टामा तथा शिवाकोटीको टाउको गम्भीर चोट लागेको थियो । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा शिवाकोटीको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जनाए ।

अर्का घाइतेको उपचार जारी छ । ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर ९ का ३२ वर्षीय सुमन ओझालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । ओझालाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]