०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – काठमाण्डाै र चितवनमा गाडी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।काठमाण्डाैको बल्खुमा डिजल बोकेको ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । ना ७ ख २२०९ नम्बरको डिजल बोकेको ट्यांकरको ठक्करबाट बा ५४ प ३०१ को स्कुटर चालक बल्खुको आश्राङ मार्गकी रिता खड्कीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैबीच, चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोल पम्प नजिक गएराति बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परेर खोटाङका ४५ वर्षका चन्द्रबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ७ ख २१ ११ नम्बरको बस र ना ६ ख ४२ ८१ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । बसका सहचालक रौतहट चपुर–४ का विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साहको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]