२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – बागमती र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रदेश नम्बर १ को बैठक दिउँसो २ बजे तथा बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

यी दुवै प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले मुख्यमन्त्रीले त्यसको सामना गर्दैछन् । गत पुस १० गते बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र पुस १२ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।यद्यपी बागमती प्रदेशको आजको प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव भने पेश हुने छैन । प्रदेश सभाको ‘विजनेश’ तय गर्न बसेको कार्य व्यवस्था परामर्श समतिको बैठकले अविस्वासको प्रस्तावसम्बन्धी कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेसँगै अविश्वासको प्रस्ताव पेश नहुने भएको हो ।अविश्वासको प्रस्तावबारेको मत विभाजनका लागि समितिको बैठकले कार्यविधि बनाउने अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकारलाई बचाउन ५६ सांसद आवश्यक पर्दछ । नेकपाका सांसद ८० जना रहेकोमा तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षका मात्र ४६ सांसद छन् । त्यस्तै ओली पक्षका सांसद ३४ जना छन् । त्यसैगरी कांग्रेसका २२, विवेकशील साझाका ३ र अन्य ५ जना सांसद रहेका छन् ।प्रदेश १ को हिउँदे अधिवेशनअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश १ मा नेकपा का दुबै समूहले संसदीय दलको बैठक बसेर एक समूहले अर्को समूहलाई निलम्बन गरेको घोषणा गरेकोले सभा बैठक सहज ढंगले अगाडि बढ्नेमा स्वयं सभामुख विश्वस्त छैनन् ।

प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधना राईलाई संसदीय दलको नेताबाट हटाएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ भने ओली समूहले १६ जना सांसदलाई निलम्बन गरेको घोषणा गरेको छ । प्रदेश १ मा नेकपाका ६७ जना सांसद रहेकोमा ३८ जनाले मुख्यमन्त्री शेरधर राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकोमा ३ जनाले फिर्ता लिएका छन् ।

कांग्रेस निर्णायक
:
दुवै प्रदेशमा अविश्वास प्रस्ताव पारित गराउन काँग्रेस निर्णायक देखिएको छ । तर काँग्रेसले अझै कुन पक्षलाई समर्थन गर्छ भन्ने स्पष्ट गरेको छैन । दुवै पक्षले काँग्रेसलाई फकाउन आफ्नो प्रयास जारी राखेका छन् ।काँग्रेसको केन्द्रमा नै नेकपाको अहिलेको दुई पक्षलाई हेर्ने दृष्टिकोण विभाजित रहेकाले काँग्रेसले प्रदेशको बारेमा पनि ठोस निर्णय गर्न सकेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा औपचारिक रुपमा नफुटेकोले अहिले नै कुनै एक पक्षमा लाग्न नहुने तर्क गर्दै अघोषित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज वातावारण बनाएको देखिएको छ ।

यसैबीच अहिले भइरहेका छलफल अनुसार काँग्रेसलाई नेकपाका दुवै पक्षले प्रदेश १ र बागमती प्रदेश मध्ये एकमा मुख्यमन्त्रीको प्रस्ताव गरेको बुझिएको छ । तर काँग्रेसको प्रदेश तह भने केन्द्रको निर्णय र निर्देशनलाई पर्खिदा अहिलेसम्म कुनै निर्णय गर्न सकेको देखिदैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]