१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १८, २०७७

सप्तरी–नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार २ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललितपुरमा १ सय ८७ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २, सुर्खेतमा ५४, जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको कञ्चनपुरमा २१, कैलालीमा ५५, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]