सप्तरी – विगत केही दिन यता सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेबाट जाेगिन एक सस्थाले गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेका छन ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.६ काेचाबखारिका दलित तथा विपन्न परिवारलाइ धर्मि हल्फा महिला विकास क्लवले चिसाेबाट जाेगिन ब्लयाङकेट ( कम्वल) वितरण गरेका हुन । विगत केही समय यता तराईका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेबाट जाेगिन त्यहाका गरिब तथा विपन्न समुदायका झन्डै २५ परिवारलाई राहत स्वरुप ब्लयाङकेट वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे ।
चिसाेबाट जाेगिनका लागि त्यहाका गरिब तथा विपन्न समुदायका महिला तथा बृद्् बृद्धाहरुलाइ कम्बल वितरण गरेकाे क्लवका अध्यक्ष इ. यादवले जानकारि दिनुभयाे । यसेबिच यस्तो चिसाेकाे माेसममा उनिहरुले कम्वल पाएपछि खुशि ब्यक्त गरेका छन । यसेबिच साेहि कार्यक्रमका बिच युवा पत्रकार शुभ नारायण यादव तथा अासमान नेपालकि शान्ता सिहलाइ क्लवका अध्यक्ष एव समाजसेवि इ. यादवले सम्मान समेत गरेका छन ।