०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – सप्तरीको दुई वटा स्थानिय तह पालिका जोडने ठाउँमा बिगत सात बर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ ।लामो समय देखि सप्तरीको कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिले सम्म बन्न सकेको छैन ।

करिब सात बर्ष अगाडी निर्माण कार्य थालिएको सो पुल निर्माण कार्य रोकिएपछि अहिले सम्म पक्की पुल निर्माणको काम पुरा हुन नसकेको गुनासो समेत पाइएको छ ।आर्थिक वर्ष २०७१÷०७२ देखी पुलको काम सुरु गरेर आर्थिक वर्ष २०७३÷०७४मा बनाईसक्नु पर्नेमा आर्थिक वर्ष २०७६÷०७७ सम्म पनि काम पुरा हुन नसकेको स्थानियबासी बिजय महत्मान यादवले जानकारी दिनुभयो । तीन बर्षमा सुन्दरीखोलामा बन्नुपर्ने सो पुल ७ बर्ष बित्दा पनि बन्न नसकेको कारण बर्षात र बाढी आएको बेला सो नदि तर्न समस्या हुने गरेको यादवले गुनासो गर्नुभयो ।

पुल निर्माणको कार्य समयमा नसकेका कारणले बाढी पहिरो आउने बेलामा पनि ओहोरदोहोर गर्न कठिनाई समेत हुने गरेको स्थानियबासीहरुको आरोप रहेको छ । पुल निर्माण नहुदा तिरहुत गाउँपालिकाको पिपराही,गोइठी मैनाकडेरी र धनपुरी गाउँका करिब दुई हजारका हाराहारीमा स्थानिय जनता कंचनपुर बजार आउन जान समस्या खोगिरहेको स्थानियबासी मुकेश यादवको भनाई छ ।सडक डिभिजन लहान कार्यलाय सिरहामार्फत ठेक्का पाएका निल गिरी कन्ट्रेसनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर सात बर्षमा पनि पुल निर्माण गर्न सकेका छैनन । निर्माण नसकेका कारण बाढीको समयमा स्थानिय जनता दुखपाउनुका साथै बजारबाट खाद्यन्न सामग्रीहरु पनि ल्याउन समस्या हुने गरेको यादवको गुनासो छ ।

पुल निर्माणका काम तिन वर्षमा सम्पन्न गनुपर्ने पक्की पुल नबने पछि बर्षा र बाढी आएको बेला आवतजावतमा समेत समस्या हुने गरेको छ ।बर्षायाममा हजारौं जनतालाई मर्का पर्नुको साथै कुनै सवारी साधन समेत आरपार गर्न अहिले पनि नदिमा बालुवा रहेका कारण समस्या हुने गरेको स्थानिय जनता समाजवादी पार्टीका यूवा नेता थापा यादबले बताउनुभयो ।बरमझिया र कंचनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिका तर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर ७ बर्षमा समेत बन्न नसकेको स्थानिय युवा नेता यादवले भनाई छ ।तीन वर्षमा सम्पन्न हुने कार्य सात वर्ष बित्न लाग्दा समेत पुलको फाउन्डेसनको काम पनि पुरा हुन नसकेको उहाँले बताउनुभयो ।

यहाँको पुल निर्माण अलपत्रका कारण सर्वसाधारण जनताहरुले बर्षातको समयमा नदी पार गर्न समेत कष्टकर हुने गरेको बताइएको छ ।बिरामी परेको बेला खोलापार गर्न मान्छेलाई साह«ै कठिनाई हुने गरेको बताउदै यस विषयमा पटक पटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि केही सुवाई हुन नसकेको अर्का सोही ठाउँका नरेन्द्र यादवले गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]