३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो काममा पूर्ण रुपले केन्द्रित हुने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।उनले अभिनय गरेका अधिकांश फिल्महरुले सफलता हासिल गरेका छन् भने उनले पनि आफ्नो अभिनयद्वारा दर्शकलाई प्रभावित बनाइरहेकी हुन्छिन् ।

यसैबीच, दीपिकाले आफ्नो आउन लागेको फिल्मको नाम घोषणा गरेकी छिन् ।दीपिकाको उक्त घोषणालाई उनका प्रशंसकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।भर्खरै दीपिकाले निर्देशक शकुन बत्राको अनटाइटल्ड फिल्मको शुटिङ सिध्याएकी छिन् ।फिल्मको बारेमा कुरा गर्दै अभिनेत्री भन्छिन् –‘मेरो यो फिल्म एउटा रिलेशनशीपको कथामा आधारित छ । जसलाई तपाईंले अहिलेसम्म ठुलो पर्दामा हेर्नु भएको छैन ।’यहि क्रममा दीपिकाले शाहरुख खानको फिल्म पठान र महाभारतमा द्रौपदीको पात्रमा देखिने कुराको पनि चर्चा गरिन् ।दीपिकाले भर्खरै आफ्नो आउँदै गरेका सबै फिल्महरुको बारेमा बताएकी छिन् ।शकुन बत्राको फिल्म त्यस्तो रिलेशनशीप स्टोरी हो, जुन भारतीय फिल्ममा यो भन्दा पहिले देखिएको थिएन ।

त्यसपछि उनी शाहरुख खानसंग एक्शन फिल्म पठानमा काम गर्दैछिन् ।त्यस्तै नाग अश्विन र प्रभाससंग पनि काम गर्दैछिन् ।यी दुई फिल्मपछि उनी एनी ह्याथवेको फिल्म द इन्टर्नको रीमेकमा काम गर्नेछिन् त्यसपछि पनि उनी व्यस्त नै भइरहने छिन् ।यहि क्रममा उनी ‘महाभारत’मा पनि काम गर्दैछिन् । जसमा उनी द्रौपदीको भुमिकामा देखिने भएकी छिन् ।दीपिका भन्छिन्–‘म महाभारतको कथा संसारभरी देखाउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]