०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्यास र १७ राउन्ड हवाइ फायर गरेको बताए।डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।डीएसपी श्रेष्ठले झडप स्थल प्रहरीको नियन्त्रणमा रहेको र दुवै समूहलाई वार्ता गराउने प्रयास भइरहेको जानकारी दिए।‘नेकपा र कांग्रेस कार्यकार्ताबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीका तर्फबाट केही सेल अश्रुग्यास र १७ राउन्ड हवाइ फायर गरिएको छ’, नेपालखबरसँग डीएसपी विष्टले भने, ‘अहिले झडप स्थल प्रहरीको नियन्त्रणमा रहे पनि जुनसुकै बेला पुनः झडप हुने अवस्था छ।’

उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए।उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको बताए।झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]