२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अलिक भावुक खालको भएकोले जोगिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। काठमाडौंको नेपाल प्रज्ञा भवनमा आफू पक्षधरको प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त चेतावनी दिएका हुन्।

सम्बोधनका क्रममा उनले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा गरेका हुन्। ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइ सकिनु भयो। म युद्दको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीमा संसद विघटन गरी महाराजाको ह्वास्स गन्ध आएको दाबीसमेत गरे। ‘संसद मात्रै होइन संविधान विघटनको प्रक्रिया हो। विघटनको सिफारिसमा ह्वास्स राजा माहाराजाको गन्ध आउँछ,’ उनले भने।प्रचण्डले आफूले बोलेको कुराको अपव्याख्या भएकोमा चिन्तासमेत जनाए। उनले आफूले गर्जिनुपर्ने भनी दिएको अभिव्यक्ति हिंसाको नभएको दाबी गरे। भने, ‘कहिलेकाही मैले बोलेको कुराको अपब्याख्या भएको पनि मैले देखेको छु। आमाले प्रसव पीडा सहेर जन्माएको छोराको हत्या हुँदाको पीडा र आक्रोश जस्तो हुन्छ तस्तो आक्रोश छ मभित्र। गर्जिनुपर्छ भनेको हिंसाको लागि भनेका होइनौं।’देश तानाशाहीतर्फ धकेलिने प्रयासको जुनसुकै हालतमा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले यो बेलाको बोली हतियारको बोली नभएको तर्क गरे। ‘देशलाई तानाशही तर्फ धकेल्ने प्रयास गरे त्यसको जुनसुकै हालतमा प्रतिवाद हुन्छ। अहिले हामी हतियारको भाषा बोलिरहेका छैनौ।’उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जाली सहमति गरेको बल्ल आफूले थाह पाएको जनाए। ‘पार्टी एकता विचार नमिलाइ गरेका होइनौं। केपी ओलीले जाली सहमति गरेका छन्। जेमा पनि सही गरिदिने र पालना नगर्ने काम गरे ओलीले,’ प्रचण्डले भने।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आइसियुमा पुगेको उल्लेख गर्दै पार्टीभित्र ओलीको प्रतिवाद गर्न ढिला भएको बताए। भने, ‘ओलीको पार्टीभित्र प्रतिवाद गर्न निकै ढिलो भयो। पहिला पार्टिमा प्रतिगमन गर्नुभयो।’प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको बताए। ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद बिघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]