०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – अभिनेत्री कंगना रनावत सोसल मिडियामा निकै सक्रिय रहने गर्दछिन् । पछिल्लो समय कुनै न कुनै मुद्धामा निर्भिक रुपमा आफ्नो भनाई राख्ने गरेकी उनी विवादमा समेत मुछिएकी हुन्छिन् । उनै, कंगनाले एक कलाकारको रुपमा नेपोटिज्म र मुभी माफियाभन्दा घातक रातको समयमा काम गर्नु रहेको बताएकी छन् । आफ्नो नाइट सिफ्टमा काम नगर्ने बानी नभएको उनको भनाई छ ।

उनले ट्विटरमा लेखेकी छन्, ‘नेपोटिज्म र मुभी माफियाका अलावा एक कलाकारको रुपमा सबैभन्दा खराब चिज नाइट सिफ्टमा काम गर्नु हो । जब सूर्य उदाउँदा, तब तपाईं सुत्नुहुन्छ । यसले तपाईंको बडी क्लक र फूड साइकिल पूरै तरिकाले विगार्छ । पहिला केही रात मलाई भोक लाग्न कम भयो र सबै अव्यवस्थित भयो । मेरो शरीरलाई यसको बानी पार्न प्रतिक्षा गरिरहेको छु ।’

कंगनाले सोमवार आफू अभिनीत फिल्म ‘धाकड’ को एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘ऊ निडर र उग्र छे, ऊ एजेन्ट अग्नि हो । भारतको पहिलो महिला एक्सन थ्रिलर ‘धाकड’ १ अक्टोबर २०२१ मा सिनेमा घरमा रिलिज हुनेछ ।’ मध्यप्रदेशको भोपालमा छायांकन भइरहेको फिल्ममा अर्जुन रामपालको पनि मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]