०५ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – पर्यटन बोर्डले भारतसँग जोडिएका सबै स्थलमार्ग खोलेर यात्रु आवागमनलाई सहज पार्न प्रस्ताव गरेको छ। पर्यटन सम्बद्ध संघ संस्थाहरुसँगको छलफलबाट बोर्डले बनाएको भिजिटर प्रोटोकलको मस्यौदामा भारतसँग जोडिएका सम्पूर्ण नाकाहरु खुल्ला गरि स्थलमार्ग बाट निजि तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिन दिनुपर्ने प्रस्ताव गरिएको छ।

यसरी भित्रिने यात्रुका लागि ९६ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने उल्लेख गरिकएको छ। सवारीसाधनबाट आएका यात्रुले नेपालमा फेरि परीक्षण गरी नेगेटिभ आएमा क्‍वारिन्टन बस्न नपर्ने नियम बनाउनुपर्ने प्रस्ताव गरिएको छ। लकडाउन हटे पनि विदेशी पर्यटक ल्याउनका लागि कुनै तयारी नभएको र यसका कारण नेपाली गन्तव्य विदेशी बजारमा गुमनाम हुने भएकाले तत्काल प्रोटोकल जारी गर्नुपर्ने बोर्डको निष्कर्ष छ।

हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट भिजा अन अराइभल सेवा सुरु गर्ने, भारती बाहेक अरुलाई नेपाल आएपछि पुन: कोभिड-१९ परीक्षण गर्नुपर्ने, विमानस्थलमै स्वास संकलनको व्यवस्था मिलाउनुपर्ने, नेगेटिभ परिणाम आएपछि क्‍वारिन्टिन बस्‍न नपर्ने नियम बनाउनुपर्ने वोर्डले प्रस्ताव गरेको छ। त्यस्तै भ्याक्सिन सर्टिफिकेट भएका यात्रुलाई क्‍वारेन्टिनमा नबसे पनि हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

नेपालका सबै पर्यटकीय गन्तब्य तथा सम्पूर्ण गतीबिधिहरु (होटेल, ट्रयावेल, ट्रेक्किंग, हाइकिंग, रेस्टुरेन्ट, स्पा, राफ्टिइंग, प्याराग्लlइड़िंग, होमस्टे, एडभेन्चर एक्टिभीटिज, पर्यटकीय सवारीसाधन, पार्टीप्यालेस, रात्रीकालिन लगायतका गतिविधिहरु) पूर्ण रुपमा तोकिएको मापदण्ड अपनाएर सञ्‍चालनको व्यवस्था मिलाउने तथा प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर चलाउने प्रस्ताव वोर्डले गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]