१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १७, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार १ सय २० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोरङमा १ सय ११, संखुवासभामा ३ र सुनसरीमा १ सय २२ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा ५, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा ७५, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा ८, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १ सय ९, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा ७, प्युठानमा ६, बर्दियामा १०, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा ९८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ९ र सुर्खेतमा ४३, सुदूरपश्चिमको कञ्चनपुरमा ५, कैलालीमा ९३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार २ सय ७३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]