
सप्तरी – बैकिङ कसूर मुद्दामा फरार रहेका ३ जना प्रतिवादी पक्राउ परेका छन् ।
उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका चितवन भरतपुर महानगरपालिका १४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका २ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका २ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाईलाई प्रकाउ गरिएको हो । उनिहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।
उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।