१० कार्तिक २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव

शनिबार, आश्विन १७, २०७७

सप्तरी ,१७ असाेज । सप्तरीको खडक नगरपालीकाका नगर प्रमुख हेमायु हक तथा नगर उप प्रमुख याश्मिन सुल्तानद्धारा संयुक्तरुपमा सार्वजनिक शौचालय तथा दिसा जन्य लेदा व्यवस्थापनका लागि बनाइएको ट्रेन्च उदघाटन गरीएकाे छ । खडक नगरपालिका वडा न.७ का वडाअध्यक्ष राकेश कुमार साहको अध्यक्षतामा संचालन भएको साे कार्यक्रममा प्रमुख अतिथीकोरुपमा नगर प्रमुख हेमायु हक रहेका थिए भने विशिष्ट अतिथीकोरुपमा नगर उपप्रमुख याश्मिन सुल्तान यसै गर प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, एसएनभि नेपालको वास एडभाईजर कृष्ण जिसि, स्वास्थय समन्वय प्रमुख जयकान्त पण्डित, कार्यपालीका सदसय अरहुलीया देवी मण्डल, महुली समुदाय विकास केन्द्रका अध्यक्ष प्रभुनारायण चौधरी, सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा लगायतका सहभागितारहेको थियो । उक्त अवसरमा शौचालय निर्माण गरेको संस्था महुली सामुदायीक विकास केन्द्रका अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक शौचालयको महत्व तथा उद्देश्यबारे एसएनभि नेपालका कृष्ण जिसिले मन्तवय राखेका थिए । परमेश्वर झाद्धारा संचालन गरीएको उक्त कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखद्धारा संयुक्तरुपमा रिवन काटी शौचालयको उदघाटन गरीएका हुन ।
सार्वजनिक शौचालय निर्माण गर्नु ठुलो कार्य नभई यसलाई नियमितरुपमा संचालन गर्नु ठुलो रहेकोले आगामि दिनमा विभिन्न संघ संस्थाहरु संग समन्वय गरि नियमितरुपमा संचालन गर्ने प्रतिवद्धता गर्दे उक्त औपचारिक कार्यक्रमको समापन वडा अध्यक्ष राकेश साहले गरेका थिए ।
एस एन भि नेपालको आर्थिक सहयोगमा महुली सामुदायिक विकास केन्द्रद्धारा खडक नगरपालिकासंगको समन्वयमा वडा नं ७ कल्याणपुर बजारमा सार्वजनिक शौचालयको पुननिर्माण गरीएको छ । करीव ७ लाखको लागतमा बनेको उक्त चर्पी भित्र महिला तथा पुरुषका लागि छुटाछुटै शौचाललको निर्माण तथा युरीनलको व्यवस्था समेत गरिएको छ । यसै गरी एसएनभि नेपालको सहयोगमा एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा ३ लाख ५० हजारको लागतमा दिसाजन्य लेदो व्यवस्थापनको लागि ट्रेन्च निर्माण गरीएको छ । कल्याणपुर बाजार देखि उत्तर पुर्वमा निर्माण गरीएको उक्त प्रविधिको मुख्य उद्देश्य दिशाजन्य लेदो व्यवस्थापन गर्नु रहेको छ । खुला दिसा मुक्त घोषणा गरीएपछि दिसाजन्य लेदोको व्यवस्थापन चुनौतिकोरुपमा बढदै गईरहेको बेला एसएनभि नेपालले खडक नगरपालीकामा यस प्रविधिको निर्माणमा सहयोग गरेको हो । यस प्रविधि अन्र्तगत आउने दिनमा निजी तथा सार्वजनिक शौचालय भरीए पछि दिसाजन्य लेदोलाई शौचालय देखि ट्रेन्चमा सुरक्षित बिर्सजन गरीने छ । हाल विभिन्न दिसा ढुवानि गर्ने संस्थाले घरबाट गाडिमा दिसा संकलन गरी यत्रतत्र फयाँक्ने गरेको पाईन्छ जसले गर्दा बातावरण प्रदुषित हुने, विभिन्न प्रकारका दिसाजन्यरोगहरु लागी महामारी समेत हुन सक्ने खतरा रहेकोले यसता प्रविधिको प्रयोग गर्नाले यस प्रकारका खतराहरु बाट मुक्त हुन सकिन्छ भन्ने वडा अध्यक्षले जनाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]