०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – लुम्बिनी प्रदेशको मुख्य नदी तिनाउ नदीको सभ्यता जोगाउन र स्वच्छ बनाउन तिनाउ नदी सरसफाइ अभियान सुरु भएको छ ।

आदिमानव रामापिथेकसको बङ्गारा भेटिएको नदी किनारको सभ्यता जोगाउने र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्तित्व जोगाउन सो अभियान सुरु गरिएको हो ।सरसफाइ कार्यक्रममा उपस्थित गोविन्द खनालले नदीको सभ्यतासँग मानवीय विकासको सभ्यता जोडिएकाले बढ्दो प्रदूषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदीहरुको सरसफाइ गर्न जरुरी रहेको बताए ।उनले विश्वभर प्रदूषण बढिरहेको र यसले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएकोतर्फ जोड दिदै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु गर्नुपर्ने बताए ।

नेपाल प्राद्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसीलगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै मानिसहरु लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा जलचर प्राणीहरुको बाँच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान सञ्चालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताइन ।नदिजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाँच्न पाउने अधिकारसँगै नदीलाई बिनाहस्तक्षेप बग्न र स्वच्छ बनाउन यस अभियान चलाइएको र अभियान निरन्तर चल्ने मानवअधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष एवं कार्यक्रमका सहसयोजक डीपी खनालले जानकारी दिए ।

नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटललगायतका संस्थाहरुले सहकार्य गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]