१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत फेला परेका हुन्।

मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी ४० वर्षीय राज कार्की रहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काले जानकारी दिए। गेष्ट हाउसका अन्य कर्मचारीले बिहान ५ बजे काउन्टरमै कार्की मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए तत्कालै प्रहरीको टोली घटनास्थल पुगेको डिएसपी खड्काले बताए। उनका अनुसार घटना शंकास्पद छैन।

‘उनले मापसे धेरै गर्ने गरेको बुझिन्छ। उनको मृत्यु पनि त्यही कारणले भएको देखिन्छ,’उनले भने,’घटना शंकास्पद देखिन्न।’उनको शव पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। थप कुरा पोष्टमार्टमपछि खुल्ने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]