१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्र विपरीत ‘ग्रान्ड डिजाइन’मा प्रतिनिधिसभा भंग गरेको दाबी गरेकी छन्। प्रेस युनियन पर्साले सोमबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा संग्रौलाले प्रधानमन्त्री ओलीको पछिल्लो कदम संविधान र लोकतन्त्रप्रतिको आक्रमण र ग्रान्ड डिजाइनमा उठाइएको कदम भएको टिप्पणी गरिन्।

उनले सरकारले निर्वाचन गर्ने भनी तुरुप मात्र फालिएकाले यसको पछि लाग्नुको कुनै अर्थ नभएको जिकिर गरिन्। ‘सुटुक्क रातारात विदेशी कूटनीतिक ‘रअ’का उच्च प्रतिनिधिसँग मञ्चन भएको कुरा केही बाहिर आएको छैन,’ उनले भनिन्, ‘उत्तरी छिमेकी कूटनीतिक व्यक्तिसँग पनि प्रधानमन्त्रीको भेटघाट बाक्लिएको छ। त्यसैले संविधानले नबोलेको दिशामा उठाइएको कदम प्रतिगमनकारी छ।’

केन्द्रीय सदस्य संग्रौलाले सर्वोच्च अदालतले सरकार र राष्ट्रपतिको प्रतिगमनकारी कदमलाई सच्याउछ भन्नेमा नेपाली कांग्रेस ढुक्क भएको बताइन्। उनले सर्वोच्चबाट निर्णय आएपछि मात्र कांग्रेसले एजेण्डा तय गर्ने उनले बताइन्। नेत्री संग्रौलले अहिलेलाई कांग्रेसको पहिलो बटमलाइन नै संसद पुनर्स्थापना भएको प्रष्ट्याइन्। ‘पार्टीभित्र कसले के भन्यो? त्यो महत्त्वपूर्ण कुरा होइन। पार्टीको बटम लाइन भनेको संसद पुनर्स्थापना मात्र हो,’ उनले भनिन्, ‘म पार्टीको केन्द्रीय सदस्य भएकाले पार्टीभित्र भएको कुरा यति जान्दछु। यो कदम सच्चिनु पर्छ भनी सभापतिले समेत अडान लिनुभएको छ। हल्लाको पछाडि पर्नुको कुनै तुक छैन।’अर्को प्रसंगमा नेत्री संग्रौलाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भ्रष्टाचारमा कीर्तिमान राख्ने बाहेक कुनै गतिलो काम नगरेको आरोप लगाइन्। अझै पनि ओली सरकार त्यही पथमा लागिपरेको उनको दाबी छ।

‘सुखी नेपाली समृद्ध नेपाल भन्ने प्रधानमन्त्री ओलीको नारा व्यावहारिक रुपमा ‘दुःखी नेपाली घर–घरसम्म भ्रष्टाचार’ मात्र भएको छ,’ उनले भनिन्, ‘संविधान विपरीत गएर मुलुकलाई बेलगाम बनाई फेरि पनि यो सरकार भ्रष्टाचारकै दिशामा उन्मुख छ। देश यसरी चल्दैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]