१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेकपाको विवादले देश दुर्घटनाको संघारमा पुगेको भन्दै यस्तो बेला पनि प्रचण्ड-नेपाल समूहले ओलीलाई कारबाही नगर्नु शंकास्पद भएको बताए । सांसद तथा काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले आयोजना गरेको अन्तर्क्रियामा भट्टराईले प्रतिनिधिसभा विघटनमा ओली विदेशी शक्तिको प्रभावमा परेको भन्दै त्यस्तो बुझेर पनि कारबाही नहुनुलाई सन्देहास्पद भनेका हुन् ।“केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस्,” भट्टराईले भने, “तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन ? हामीलाई मात्र होइन यसमा कांग्रेसलाई पनि आशंका छ ।” उनले प्रचण्डको बोलीको भर नहुने भन्दै उनीमाथि विश्वास पनि गर्न नसकिने बताए ।“प्रचण्डले बिहान बोलेको कुरा बेलुकी सम्झनुहुन्न, त्यसैले उहाँको भर पनि हुन्न,’ भट्टराईले भने । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै शान्तिपूर्ण आन्दोलनमा पनि रहेको बताए ।“अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना नहुने र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर बस्न सकिँदैन,” उनले भने, “बाहिरी हस्तक्षेप भए रामनाम जपेर बस्दैनौं । त्यस्तो स्थिति नआओस् ।”प्रतिनिधिसभा पुन:स्थापनाका लागि संयुक्त आन्दोलन गर्न उनले प्रस्ताव गरे । कांग्रेसले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा ढुलमुले नीति लिएको उनको आरोप छ । “चुनाव भइहाल्छ, लोकतान्त्रिक पार्टी चुनावबाट कहाँ भाग्ने भनेर नेपाली कांग्रेसले भनिरहेको छ । यो चुनाव हुनेवाला छैन,” कांग्रेसलाई आन्दोलनमा आउन प्रोत्साहित गर्दै भने, “पहिले संविधान ट्र्याकमा ल्याउनुपर्‍यो । त्यसपछि लाभ लिने त कांग्रेसले नै हो ।”उनले जसपा आन्दोलनमा रहेको भन्दै कांग्रेस र प्रचण्ड-माधव समूहलाई संयुक्त आन्दोलनका लागि आग्रह गरे । “कांग्रेसले ढुलमुले नीति छाडोस् र प्रचण्ड-नेपाल समूहले पनि कित्ता क्लियर गरुन्,” उनले भने, “ जसपा आन्दोलनमै छ । संयुक्त आन्दोलन गरौं ।”

सर्वोच्चबाट संविधानका धारामा टेकेर मात्र फैसला नआउने सक्ने भन्दै उनले त्यसविरुद्ध संविधानरक्षाका लागि संघर्षकै बाटो रोज्नुपर्ने बताए । “सर्वोच्चले पुन:स्थापना गरिदिए समस्या त्यही समाधान हुन्थ्यो । तर, त्यस्तो हुन्छ भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छैन,” भट्टराईले भने, “न्यायाधीश भनेका पनि मानिस नै हुन् । ओलीले जसरी धम्क्याइरहेका छन् त्यसले सेटिङ छ, भन्ने देखाउँछ ।” अदालतसमेत सेटिङबाट प्रभावित हुने अवस्था आयो भने संघर्षबाहेक अर्को बाटोबाट लोकतन्त्रको रक्षा नहुने भट्टराईको दाबी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]