२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – आजबाट कोरोना प्रभावित उद्योगीहरुले विद्युत डिमाण्ड शुल्कमा छुट पाउने भएका छन् । कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले बन्दाबन्दी अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट पाउने भएका हुन् ।

आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्रीसहित बसेको बैठकले डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको हो । बैठकमा राजश्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी भएका थिए ।अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बजेटमा उल्लेख भएको बुँदा कार्यान्वयनमा गएको बताए । बजेटको बुँदा नम्बर ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमुलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने भनिएको थियो । सरकारले आजबाट यहि बुँदा कार्यान्वयनमा ल्याएको डा. श्रेष्ठले रातोपाटीलाई बताए ।

प्राधिकरणका उपभोक्ताले विद्युत शक्ति खपत गरेबापत् मासिक न्युनतम शुल्क, इनर्जी शुल्क र डिमाण्ड शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यी शुल्कमध्ये डिमाण्ड शुल्क छुट दिने (लकडाउन अवधिभरको) व्यवस्था भएको हो । औद्योगिक व्यवसाय विनियमावली २०७६ मा भएका झण्डै ५८ वटा उद्योग छन् त्यसमा उत्पादनमुलक उद्योगलाई शुल्क छुट हुने श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]