सप्तरी – दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।
सोमबार बिहान ९ बजे दमक नगरपालिका-४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्। प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो ठोक्किएका थिए। दुर्घटनामा अटोमा सवार ४० सन्तोष श्रेष्ठ र अटो चालक उर्लाबारी नगरपालिका-४ का देवेन्द्र बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बुढाथोकीको घटनास्थलमै र श्रेष्ठको उपचारका लागि उर्लाबारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।
श्रेष्ठको ठेगाना खुलिसकेको छैन। अटोमा सवार इनरुवा-७ बस्ने २४ वर्षको सौजन मगर गम्भीर घाइते छन्। उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ। अटोमा सवार झापा दमक-४ का २० वर्षीय राजु सिलवाल र मोटरसाइकल चालक दमक-२ का २८ वर्षीय रमेश पोखरेल घाइते रहेको र उनीहरूको अवस्था सामान्य रहेको भट्टराईले बताए।
एम्बुलेन्स र अटो ठोक्किएपछि एम्बुलेन्सभन्दा पछाडि रहेको को११प ९५२५ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व जाँदै गरेको को२५प १९३३ नम्बरको स्कुटर ठोक्किएका थिए।‘अटो र एम्बुलेन्स ठोक्किएपछि ती सवारीका कारण मोटरसाइकल र स्कुटर पनि ठोक्किएको रिपोर्ट आएको छ