
सप्तरी – आदिवासी जनजाति बिकासका लागि सञ्जाल’ नामक संस्थाले धादिङका अति सिमान्तकृत चेपाङ समुदायका विद्याथीहरुलाई चिसोमा न्यानो कपडा वितरण गरेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ताक्थलीस्थित जलकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई हिजो अर्थात ४ गते वडा अध्यक्ष अम्मर बहादुर गुरूङको प्रमुख आथित्यमा ६५ जना विद्यार्थी र शिक्षकशिक्षिका गरि ७३ जनालाई एक कार्यक्रम गरि न्यानो कपडा वितरण गरिएको हो ।सो विद्यालयमा चेपाङ समुदायका बालिबालिका मात्र अध्ययन गर्छन । कार्यक्रममा वडा अध्यक्ष गुरुङ लगायत स्कुल सञ्चालक समितिका अध्यक्ष तथा वडा सदस्य, स्कुलका शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

न्यानो कवडासहित शिशु कक्षामा अध्ययन गर्ने साना बालबालिकालाई भुईँमा ओछ्याउने म्याट पनि वितरण गरिएको थियो ।आदिवासी जनजाति बिकासका लागि सञ्जाल’ नामक संस्थाकी अध्यक्ष सावित्री चेपाङ, लगायत निर्मला भुजेल, सुदिप ठकुरी, संगित भुजेल, टंक तामाङ, सुमिन गुरुङलगायतले कार्यक्रमस्थलसम्म पुगेर सो सामग्री वितरण गरेका हुन् ।
