०१ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – निर्वाचन आयोगले आगामी वैशाखमा तय भएको मध्यावधि निर्वाचनको खर्चबारे छलफल थालेको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार चुनाव खर्चबारे सामान्य छलफल भएको छ । यसबारे आइतबार अर्थसचिवसँग छलफल गरिएको उनले बताए ।

“हिजो अर्थसचिवसँग कुरा भएको छ । अहिले लगभग ८ अर्बको अनुमान भएको छ । टुंगो लागिसकेको छैन । यो हप्ताभित्र आँकलन टुंग्याएर अर्थ मन्त्रालयलाई पत्र पठाउँछौँ,” प्रवक्ता श्रेष्ठले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो । वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ ।उता, प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचनको तयारी अघि बढाएको छ ।

आयोगले आइतबार निर्वाचनका विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो । आयोगले निर्वाचनका लागि मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको छ ।

वार्षिक प्रतिवेदन बुझाउँदै :
निर्वाचन आयोगले सोमबार वार्षिक प्रतिवेदन बुझाउने भएको छ । आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रवक्ता श्रेष्ठले बताए । “आयोगको प्रतिवेदन आज दिउँसो १ बजे राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम छ”, उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]